बैशाख २३, २०८१, आइतबार
               

साढे ९ लाख मास्क नि:शुल्क वितरण

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ९ हजार ८४८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ९ लाख ५५ हजार ७ सय ८८ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ७७ जनालाई १९ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार ४ सय ४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । 


कस्तो लाग्यो ?

यो पनि