नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । स
सर्वोत्तम सिमेन्टको आईपीओ प्रकरणमा विवादमा मुछिएपछि साउदले अर्थ मन्त्रालय पुगेर राजीनामा दिएका हुन् । सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत जारी गर्न लागेको आईपीओमा पहिल्यै शेयर किनेर बजार प्रभावित पार्न खोजेको आरोप साउदमाथि लागेको थियो ।
यो विषयमा छानबिनका लागि अर्थ मन्त्रालयले बनाएको छानबिन समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेप्सेका सीईओ साउद पनि दोषी रहेको ठहर गरेको थियो ।