असोज ०६, २०८१, आइतबार
               

ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

कैलालीमा ट्रकको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ ।

गौरिगङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आईरहेको ग १ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका ४० वर्षीया मानसिंह गुर्धामीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए । 

 अहिले ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि