असोज ०६, २०८१, आइतबार
               

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । कक्षा १२ को परीक्षा भौतिक रुपमा नै सञ्चालन हुने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका पदाधिकारीहरुसँगको छलफलमा समितिका सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप लगाएर मात्रै विद्यार्थीलाई भौतिरु रुपमा उपस्थित गराई परीक्षा लिने तयारीमा मन्त्रालय रहेको जानकारी दिएका छन् । 

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैंअघि भौतिक उपस्थितिमा परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि