असोज ०६, २०८१, आइतबार
               

सिन्धुपाल्चोकको इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरोमा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ ।

मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए । अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए ।

निरन्तरको वर्षापछि आएको पहिराले मेलम्ची भेताङ्ग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ । यस क्षेत्रमा पैदल हिँड्न्समेत अति डरलाग्दो अवस्था रहेको भुजेलले बताए ।

असार १ र त्यसपछिका बाढीपहिराले यस सडकमा यातायातका साधन चलेका छैनन् । पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै  सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि