बैशाख १९, २०८१, बुधबार
               

आजको मौसम : यी प्रदेशमा हुन्छ भारी वर्षा

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा हल्का वर्षा भइरहेको छ ।

साथै, बाँकी केही जिल्लामा भने सामान्य परिवर्तन हुनुका साथै केही प्रदेशका उच्च एवं हिमाली जिल्लामा भने हावाहुरीसहित भारी वर्षा र चट्याङको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

साथै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि