असोज ०६, २०८१, आइतबार
               

प्रहरी चौकी भवन बनाउन जग्गादान

नेपाल फ्ल्यास
भदौ ०६, २०७८

ADVERTISEMENT

सिमकोट । हुम्लाको दक्षिण भेगमा अवस्थित मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गरेका छन् ।

चङ्खेली गाउँपालिका–१ मा रहेको सो  चौकी  भाडाका घरमा बस्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा शर्माले स्थानीयवासी बोहरालाई जग्गा उपलब्ध गराएकामा धन्यवाद दिनुहुँदै नागरिक र प्रहरीको सम्बन्धलाई अगामी दिनमा अझ सुदृढ बनाउन आग्रह गरे । जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा पाँच मात्रै चौकी आफ्नै भवनमा बस्दै आएका छन् ।

१४ प्रहरी चौकी भाडामा बस्दै

जिल्ला प्रहरी कार्यालयसहित १९ चौकीमध्ये हाल १४ चौकी भाडा तिररे बस्दै आएका छन् । नाम्खामा रहेको मुचु , लिमी, ठेहे र गल्फागाड प्रहरी चौकी मात्रै आफ्नै भवनमा बस्दै आएका छन् भने अन्य चौकी अझैसम्म भाडाका घरमा बस्दै आएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

चीनसँग सीमा जोडिएको हिल्ला र बाजुरासँग सीमा जोडिएको कवाडी प्रहरी चौकीको भवन प्रेदश सरकारको बजेटबाट निर्माणाधीन भए पनि हाल बजेट अभावका कारण स्थगित भएको उनले जानकारी दिए ।

उनले भने, ‘आफूहरुसँग जिल्लाका सबै प्रहरी चौकी निर्माणका लागि बजेट छैन’, प्रदेश सरकारबाट आएको थोरै बजेटबाट दुई चौकीको भवन निर्माण सुरु गरियो, अहिले रकम अपुग भएपछि काम स्थगित भएको छ ।’ 


कस्तो लाग्यो ?

यो पनि