बैशाख २४, २०८१, सोमबार
               

प्रधानमन्त्रीद्वारा भारतीय सहयोगमा बनेको ज्येष्ठ नागरिक भवन उद्घाटन

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय सहयोगमा बनेको ललितपुरको बागडोलस्थित ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेतनको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमा शनिबार प्रधानमन्त्री देउवाले भवन उद्घाटन गरेका हुन् ।भारत सरकारको ५ करोड रुपैयाँको लागतमा भवन बनाइदिएको हो ।

ज्येष्ठ नागरिकहरूका लागि नवनिर्मित भवन एक नमुना वृद्धाश्रमको रूपमा रहेको जनाइएको छ । त्यहाँ बृद्धबृद्धाहरूको हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनासहितको सुविधा उपलब्ध छ । भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र उपकरणहरू जडान गरिएको छ ।

भारतीय राजदूत क्वात्राले यस्ता परियोजनाहरूको कार्यान्वयनले समुदाय स्तरमा विकास गर्न मद्दत पुग्ने जनाउँदै ज्यापु समाजलाई धन्यवाद दिए । उनले नेपाली समाजमा ज्यापु समाजले पुर्‍याएको योगदानको कदर पनि गरेका थिए ।

दूतावासले नेपालभर हालसम्म ४५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि