असोज ०६, २०८१, आइतबार
               

धरहरा निर्माण कार्य ४५ प्रतिशत मात्र पूरा

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

धरहराकाे निर्माण कार्य ४५ मात्र सकिएकाे महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । निर्माण कार्य अवधिका २४ मध्ये २१ महिना भइसक्दा पनि धरहरा निर्माणको वित्तीय ५५ प्रतिशत र भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको प्रतिवेदनले जनाएको छ।  

पुरातत्व विभागबाट स्वीकृत डिजाइन अनुसार २२ तलाको धरहरा र अन्य संरचनाको निर्माण कार्य गर्न ५ अर्ब ४६ करोड ४३ लाख रूपैयाँ लागत अनुमान तयार गरिएकोमा ३ अर्ब ८ करोड ११ लाखमा २४ महिनामा कार्यसम्पन्न गर्न २०७५ असोजमा सम्झौता भएको थियो । हालसम्म १ अर्ब ६८ करोड ९९ लाख खर्च भएको प्रतिवेदनले खुलाएको छ ।

संसद विघटन गरेपछि चर्को आलोचना खेपिरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको बाहिरी संरचना ठडिने बित्तिकै गत वैशाख ११ मा उद्घाटन गरेका थिए। 


कस्तो लाग्यो ?

यो पनि