असोज ०६, २०८१, आइतबार
               

जापानले पठाएको आठ लाख डोज खोप नेपाल आउँदै

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । जापानले पठाएको आठ लाख डोज खोप नेपाल आउने भएको छ । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराउनेमध्ये बाँकी रहेको आठ लाख डोज खोप यही ७ गते (पर्सि) सम्म नेपाल आउने भएको हो ।

यसअघि नै आठ लाख डोज आइसकेकोमा बाँकी रहेको आठ लाख डोज शनिबार (आज) र सोमबार पर्सिसम्म काठमाडौं आउन लागेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप सहयोग गरेको हो । त्यसमध्ये आधा खोप २३ र २४ गते काठमाडौं आएको थियो ।

प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको मन्त्रालयको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि