बैशाख १९, २०८१, बुधबार
               

आजको मौसम : कुन प्रदेशमा छ भारी वर्षाको सम्भावना ?

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानै काठमाडौं उपत्यकाका केही स्थानमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ हल्का सफा देखिएको छ । त्यसैगरी उपत्यका बाहिरका केही उच्च तथा पहाडी क्षेत्रमा भने हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । 

साथै, राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।


कस्तो लाग्यो ?

यो पनि