बैशाख २१, २०८१, शुक्रबार
               

थपिए ३ हजार ४२ कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

नेपालमा कोरोना भाइरसका ३ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार १७ हजार ६५४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका छन् । जसमा पीसीआर विधिबाट १० हजार ५३० र एन्टिजेन विधिबाट ७ हजार १२४ जनाको परीक्षण भएको थियो । 

त्यस्तै, २ हजार २४४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ ।

हाल देशभर ४० हजार ३ सय ९ सक्रिय संक्रमित छन्। यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८९८ जनालाई संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका हुन्।


कस्तो लाग्यो ?

यो पनि