बैशाख १७, २०८१, सोमबार
               

शिक्षक र प्रहरीबीच झडप, १२ जना घाइते

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

कञ्चनपुर । भीमदत्त नगरपालिकामा शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा १२ जना भन्दा बढी घाइते भएका छन् ।

शिक्षक दरबन्दी मिलानमा असहमति जनाउँदै धर्नामा बसेका नेपाल शिक्षक संघ आबद्ध शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको हो ।

प्रहरीमाथि ढुङ्गा प्रहार हुन थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । सुरक्षाकर्मीले ढुङ्गा प्रहार रोक्न नगरपालिका कार्यालयबाट अश्रुग्याँस प्रहार गरेका हुन् ।

कांग्रेस कार्यकर्ताले शिक्षक संघको धर्नामा ऐक्यबद्धता जनाउँदै नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने क्रममा पनि सुरक्षाकर्मीसँग झडप भएको थियो । झडपपछि उनीहरू सबैलाई बाहिर पठाइएको छ ।

कांग्रेस कार्यकर्ताले सुरक्षाकर्मीको लाठी खोस्न खोजेका प्रहरीले जनाएको छ । 

झडपपछि नगरपालिका कार्यालय तनावग्रस्त बनेको छ । नगरपालिका कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

झडपपछि नगरपालिका कार्यालयका कामकाज अवरुद्ध भएको छ । 

नेपाल शिक्षक सम्बद्ध शिक्षकहरू दरबन्दी मिलानको कार्य सच्याउनुपर्ने माग राख्दै एक महिनादेखि धर्ना बस्दै आएका छन् ।

          


कस्तो लाग्यो ?

यो पनि