जेठ ०६, २०८१, आइतबार
               

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

बैतडी । लगातारको वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । 

पहिरोले बिहान ६ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण प्रभावित भएको उनले बताए ।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र  बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका सहरका लागि छुटेका सवारी साधन रोकिएका छन् । सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेको प्रहरी निरीक्षक ओझाले बताए ।  


कस्तो लाग्यो ?

यो पनि