मंसिर ०७, २०८१, शुक्रबार
               

आमाले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ । स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो ।

केही दिन अगाडि श्रीमान्–श्रीमतीको झगडा परेपछि उनी घर छाडेर हिँडेको बताइएको छ । उनी हराएको बारेमा परिवारले बिहीबार गाउँपालिकालाई जानकारी गराएको छ ।

गाउँपालिकाले प्रहरीलाई खबर गरेर उनको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । ‘ती महिला हराएका बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी गरिरहेका छौँ’, उनले भनिन् ।

ती महिलाले मोबाइल फोन घरमै छाडेको छ । ‘ती महिलाको आमासँग कुरा गरेका छौँ, माइती पनि नगएको जानकारीमा आयो’, गुरुङले भनिन् । 


कस्तो लाग्यो ?

यो पनि