बैशाख २३, २०८१, आइतबार
               

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ९ लाख मास्क वितरण

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २१ हजार ८४३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख ९५ हजार ४ सय ४३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको अवस्थामा प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई तीब्र बनाएकाे छ । 

आज निषेधाज्ञा उल्लंघन गर्ने १३४ जनालाई १३ हजार ८०० रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ६१० जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि