असोज ०६, २०८१, आइतबार
               

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष महेन्द्र शेरचनको निधन

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए ।

उनी सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य थिए । वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उहाँ वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्ष थिए ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११ः०० बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने जानकारी दिए । 

यो पनि