असोज ०६, २०८१, आइतबार
               

अफगानिस्तानबाट २८८ जना नेपालीको उद्धार

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडौं ल्याइएको हो । 

उनिहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि