बैशाख २२, २०८१, शनिबार
               

एकैदिन ४२ संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८३८ परीक्षण गर्दा यतिका संक्रमित थपिएका हुन् ।

११ हजार ८३९ जनाको पीसीआर परीक्षण गर्दा  २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा  ७९० जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतककाे संख्या १० हजार ३९६ पुगेकाे छ। 

साथै आज २ हजार १०४ जना निको भएर फर्किएका छन् ।  आजकाे संख्यासहित कूल निकाे हुनेकाे संख्या ६ लाख ८९ हजार १७३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि