बैशाख २७, २०८१, बिहीबार
               

बृद्धालाई बलात्कार गरेको अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

उदयपुरमा ६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्लाकाे ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

साउन २ गते सुनुवारले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि