असोज ०६, २०८१, आइतबार
               

दुम्सीचौरमा बन्यो तीन लाख ६९ हजार लागतमा दुम्सीको मूर्ति

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

तनहुँस्थित व्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण गरिएको छ । वडा नं १० कार्यालयको रु तीन लाख र रु ६० हजारको श्रमदान गरी कूल रु तीन लाख ६० हजारको लागतमा दुम्सीको मूर्ति निर्माण गरिएको हो ।

वडाभित्र रहेका ऐतिहासिकस्थलको नाम नमेटिने गरी पहिलो चरणमा दुम्सीको मूर्ति र परेवाको मूर्ति निर्माण कार्य सम्पन्न गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । 

‘दुम्सीको माउ र बच्चा गरी दुई वटा मूर्ति निर्माण गरिएको छ’, उनले भने, ‘पार्कमा विद्युत् जडान, दुबो र टायल विच्छाउने कार्य भैरहेको छ ।’

दुम्सीको मूर्ति निर्माणसँगै त्यहाँ सेल्फी र टिक्टक् बनाउने सर्वसाधारणको भीड लाग्ने गरेको छ । त्यसैगरी वडाले अघिल्लो वर्ष परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरी सकेको छ ।  

वडामा रहेका ऐतिहासिक र सांस्कृतिक स्थलको संरक्षण एवं सम्वद्र्धन गर्दै पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष सापकोटाको भनाइ छ । सात फिट अग्लो परेवाको मूर्ति निर्माणका लागि रु तीन लाख खर्च भएको छ । उनका अनुसार परेवाको मूर्ति निर्माणका लागि वडा कार्यालयबाट एक लाख ५० हजार र पिजनहिल रेष्टुरेण्ट एण्ड फन पार्कका सञ्चालक विवेक सापकोटाले रु एक लाख ५० हजार सहयोग गरेको छ ।

परेवाको मूर्ति निर्माण गरेपछि सोही स्थान नजिकै होटल व्यवसायी सापकोटाले रेष्टुरेण्ट एण्ड फन पार्क सञ्चालन गरेपछि आफ्नो रेष्टुरेण्टमा पनि पर्यटकको आगमनमा वृद्वि हुन सक्ने उद्देश्यले सहयोग गरेको बताइएको छ । कुमालटारीमा कुमालले माटोको आरी निर्माण गर्दै गरेको र माझीले मादी नदी तार्दै गरेको मूर्ति निर्माणका लागि पनि उचित स्थान खोजी भइरहेको वडाध्यक्ष सापकोटाले बताए । उक्त वडामा कुमाल, बोटे र दरै जातिको बाहुल्यता रहेको छ ।

वडाभित्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको पहिचान गरी संरक्षण गर्न प्राथमिकतामा राखेर काम गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।


कस्तो लाग्यो ?

यो पनि