असोज ०६, २०८१, आइतबार
               

वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

जाजरकोट । देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् ।

उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको  बताइएको छ ।

माथिल्लो डोल्पामा फागुनमा नयाँ शैक्षिकसत्र सुरु हुने गर्दछ । डोल्पोबुद्धका सबै विद्यालय वैशाखदेखि निर्धक्कका साथ पढाइ सुरु भएको स्थानीयवासी पेमा गुरुङले बताए ।

उनका अनुसार गत वर्षको कोरोना महामारीमा पनि उपल्लो डोल्पामा विद्यालय बन्द गरिएको थिएन । गत वर्ष परीक्षा समयमै भएका थिए । डोल्पोबुद्धमा छवटा विद्यालय छन् । छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका केही विद्यालयमा पनि पठनपाठन भइरहेको छ ।

सामान्यरूपमा कोरोना संक्रमण भए पनि खासै असर नपरेको डोल्पोबुद्ध गाउँपालिकाका प्रवक्ता क्याल्पो थापा भोटेले बताए । डोल्पामा दुई शैत्रिक सत्रमा पढाइ हुने गर्दछ ।

उपल्लो डोल्पा कम जनसम्पर्क हुने क्षेत्रका रूपमा स्थापित छ । छिमेकी मुलुक चीनमा समेत नाका बन्द भएका कारण खासै समस्या नभएको सर्वसाधारण बताउँछन् । 


कस्तो लाग्यो ?

यो पनि