जेठ ०४, २०८१, शुक्रबार
               

अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु जिल्ला कारागारको अवलोकन

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्ला कारागार कपिलवस्तुको अवलोकन भ्रमण गर्नुभएको छ । निरंकुश पञ्चायत शासनविरुद्धको आन्दोलनलका क्रममा चार वर्ष जेल बस्नुभएका अध्यक्ष तिमिल्सिना विसं २०४२ देखि २०४४ सालसम्म १८ महिना कपिलवस्तु कारागारमा बिताका थिए । 

आफूले जेल जीवन बिताएको कारगार र अहिले कैदी बन्दीको रुपमा रहेकाको अवस्था बुझ्न कपिलवस्तु आएको उनले बताए । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिव रहँदा गिरफ्तार हुनुभई शान्ति सुरक्षा अन्तर्गत राजबन्दीका रुपमा अध्यक्ष तिमिल्सिना पोखरा, तौलिहवा, भैरहवा, वीरगन्ज, काठमाडौंको केन्द्रीय भद्रगोल कारागार र नख्खु जेल गरी चार वर्ष जेल बसेर २०४६ सालमा रिहा भएका थिए । 

अध्यक्ष तिमिल्सिनाले आफू जेल बसेको समयभन्दा अहिलेको अवस्था सुधार भएको पाइएको बताउनुभयो। उनले कारागारलाई बिस्तारै सुधार गृहको रुपमा विकास गर्नुपर्ने बताउँदै कैदीहरुलाई शिक्षा तथा सीप सिकाउनुपर्ने धारणा राखे । उनले कपिलवस्तु कारागारको थप सुधारका लागि सरकार समक्ष पहल गर्ने बताए । अवलोकनका क्रममा उनले कैदी बन्दीका लागि मास्क उपलब्ध गराएका थिए ।

३५२ जना क्षमता भएको कपिलवस्तु जेलमा हाल ४५२ जना कैदी बन्दी रहेको कपिलवस्तु कारागार प्रमुख राकेश पाण्डेले जानकारी गराएका थिए । 


कस्तो लाग्यो ?

यो पनि