असोज ०६, २०८१, आइतबार
               

निजगढमा पुस्तकालय स्थापना

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

परिवर्तनका लागि युवा परिषद् र स्थानीय तहको सहकार्य तथा मकवानपुर पुस्तकालय अभियान समूहको सहयोगमा निजगढ पुस्तकालय स्थापना भएको छ । 

पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पुस्तकालय उद्घाटन गरेका हुन् । पुस्तकालयमा हेटौँडा पुस्तकालय अभियानले ५० हजार बराबरको १५३ थान पुस्तक हस्तान्तरण गरेको छ । 

चार वर्षदेखि निरन्तर रूपमा सरसफाइ, वृक्षारोपण, अन्तरक्रिया, बाल शिक्षण, बाल पार्क निर्माणलगायतको रचनात्मक काम गर्दै आएको परिवर्तनका लागि युवा परिषद्ले निजगढको वडा ६ सँगको सहकार्यमा पुस्तकालय स्थापना गरेको हो । 

बालबालिका, युवा, शिक्षक तथा सर्वसाधारणका लागि धार्मिक, सांस्कृतिक, साहित्यिक, इतिहास, महापुरुष र विश्व प्रसिद्ध व्यक्तिहरूको जीवनगाथासँग सम्बन्धित पुस्तकहरू त्यहाँ राखिएको छ ।

नेपाल र विश्वजगतको जानकारी र ज्ञान बाँड्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको परिवर्तनका लागि युवा परिषद्का सचिव बालकृष्ण हुमागाईँले जानकारी दिए ।

उनले निजगढ ६ मा सुविधा सम्पन्न बाल पार्क निर्माणको काममा पनि परिषद्ले नेतृत्व लिइरहेको जनाउँदै त्यो पार्क नमुना बन्ने बताए ।

उद्घाटन समारोहमा पूर्वमन्त्री पौडेल, प्राचार्य यादवकुमार तिमल्सिना, पुस्तकालय अभियन्ताहरूले शुभकामना व्यक्त गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि