असोज ०६, २०८१, आइतबार
               

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका– ६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

माडी गाउँपालिकाका–२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो । 


कस्तो लाग्यो ?

यो पनि