असोज ०६, २०८१, आइतबार
               

पुल हाउसभित्र जुवा अड्डा, भक्तपुरबाट १० जना पक्राउ

नेपाल फ्ल्यास
साउन २९, २०७८

फाइल फोटो
ADVERTISEMENT

भक्तपुर । स्नोकर पुल हाउसभित्र जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार भक्तपुर नगरपालिका-५ भेलुखेलबाट १० जनालाई नगदसहित पक्राउ गरिएको हो ।

भेलुखेलका उत्तम देउवालाले सञ्चालन गरेको एमएस स्नोकर पुल हाउसमा जुवा खेलिरहेको बेला बिहीबार बेलुका प्रहरीले छापा मारेको थियो ।

पक्राउ पर्नेमा सुजित देउला, सरज देउवा, सुनिल देउला, शंकर पोडे, विक्रम अग्रवाल, धिरेन कुरुन्जु र दिनेश लामा छन् ।

जुवा अखडाबाट प्रहरीले एक लाख ८९ हजार ८५० रूपैयाँ बरामद गरेको प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बताए ।

पुल हाउस सञ्चालक देउवालले जुवा खेल्ने आवश्यक सामग्री तयार पार्ने गरेको र जुवा खेलाएर रकम उठाउने गरेको अनुसन्धानबाट खुलेको श्रेष्ठले बताए ।

पक्राउ परेका सबैलाई महानरीय प्रहरी वृत्त जगातीको हिरासतमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि