मंसिर ०१, २०८१, शनिबार
               

इन्स्पेक्टर वाग्लेको मृत्युबारे छानबिन गर्न समिति गठन

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

काठमाडौं । पश्चिम नवलपरासी बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । 

शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिएको हो । 

गत २५ साउनमा बर्दघाट नगरपालिका- ४ स्थित ईलाका प्रहरी कार्यालय अगाडी पूर्व-पश्चिम राजमार्गमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले उनलाई  ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका उनलाई उपचारको लागि चिसापानी सामुदायिक अस्पताल, बर्दघाटमा सामान्य उपचार पश्चात थप उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

यस घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव सुनील खनालको संयोजकत्वमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरूङ र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीको समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

यसको स्थलगत अध्ययन गरी सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयले निर्देशन दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि