असोज ०६, २०८१, आइतबार
               

कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

काठमाडौं । कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । 

शर्मा र क्वात्राबीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो । 

प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

यो पनि