जेठ ०३, २०८१, बिहीबार
               

प्रर्दशनमा उत्रिएका शिक्षकहरु बालुवाटारबाट पक्राउ

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले प्रदर्शनमा पुगेका अनुमानित डेढ सय शिक्षकहरुलाई नियन्त्रणमा लिएको हो ।

महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेसालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामुहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्द पीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलव, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि