बैशाख १३, २०८१, बिहीबार
               

अविरल वर्षाका कारण धनगढीका बस्तीहरु डुबानमा

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

कैलाली । अविरल वर्षाका कारण अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण उपमहानगरपालिका आसपासका बस्तीहरु डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर १३ को राजपुर क्षेत्रका साथै वडा नम्बर ३ को विशालनगर, मिलनचोकलगायतका  क्षेत्र डुबानमा पर्नुका साथै कतिपय घरमा पानी पसेको जानकारी दिए । 

यस्तै, सडक पूर्णरुपमा पानीले भरिएको पनि प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेको बताउँदै उनले क्षतिका विवरण संकलन भइरहेको बताए । 


 


कस्तो लाग्यो ?

यो पनि