बैशाख २३, २०८१, आइतबार
               

एकैदिन ६६ हजार जनालाई नि:शुल्क मास्क वितरण

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८६९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

गत वैशाख ६ गतेदेखि हालसम्म ७ लाख ४ हजार ३७६ जनालाई नि:शुल्क मास्क वितरण गरिसकिएकाे नेपाल प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

आज निषेधाज्ञा उल्लंघन गर्ने २५७ जनालाई २५ हजार ७०० रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ११ हजार ८९७ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि