असोज ०६, २०८१, आइतबार
               

फोनिजद्वारा आठ जना सञ्चारकर्मी पुरस्कृत

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

काठमाडौं । आदिवासी जनजाति पत्रकार महासंघबाट हरेक वर्ष प्रदान गरिने फोनिज अवार्डबाट वरिष्ठ सञ्चारकर्मी कुमार यात्रुसमेत आठजना सम्मानित भएका छन् ।

इन्डिजिनियस टेलिभिजन र आइटिभी नेपालमा आबद्ध यात्रु फोनिज गठन हुनु पूर्व रहेको अनिजका संस्थापकमध्ये एक हुन् । 

फोनिज अवार्ड प्राप्त गर्नेमा प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी बराल पनि थिए । बराल धरानबाट पत्रकारिता गर्दे आएका छन् । उनले झिल्को अनलाइन चलाउने गर्छन् । बराल लिम्बुवान प्राप्तिको आन्दोलनमा समेत होमिएका थिए ।

यसरी नै नेवा भाषाकी समाचार प्रस्तोता रचना श्रेष्ठले रेडियो विधामा अवार्ड प्राप्त गरिन् । उनीसँगै जलजला रेडियो रोल्पाका मौसम रोक्काले पनि रेडियो विधाको फोनिज अवार्ड प्राप्त गरेका छन् । 

छापा, टेलिभिजन, रेडियो र अनलाइन विधामा फोनिज अवार्ड प्राप्त गर्ने अन्यमा राजकुमार दिक्पाल, आङदावा शेर्पा, तिलक पुन मगर, इन्द्रजीत मुखिया छन् ।

कार्यक्रममा मातृभाषामा प्रकाशित तान्छोक्पा (लिम्बु भाषा) र पहुरा (थारु भाषा) लाई पनि सम्मान गरिएको थियो । 

समारोहमा सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले आदिवासीहरूको पहिचानजनित पत्रकारिता आजको आवश्यकता भएको बताए । उनले सूचनाको हक कार्यान्वयनमा मातृभाषामा सूचना पाउने अधिकार सुरक्षित गर्न आफ्नो प्रयास जारी रहेको जनाए । 

कार्यक्रम फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि