पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्रयाक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ ।
नम्बर मेटिसकेका ट्रयाक्टर पल्टिँदा ट्रयाक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका–५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव ट्रयाक्टर मजदुरको रुपमा काम गर्ने बताइएको छ ।
ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्रयाक्टरका चालक र ट्रयाक्टर धनी फरार रहेकाले उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।