बैशाख २४, २०८१, सोमबार
               

विद्युत् प्राधिकरणमा कुलमानको 'कमब्याक', माइतीघरमा दीप प्रज्वलन

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्ति दिएको हो ।    

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावअनुसार घिसिङलाई नियुक्ति दिइएको हो । 

प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए । 

आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ । 

शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।   

शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिने गरी आयोगमा पठाउने प्रस्तावप्रति अर्थको सहमति आवश्यक पर्छ । 

अर्थमन्त्री जनार्दन शर्मा सोमबारको मन्त्रिपरिषद्को बैठकमा उपस्थित नभएकाले त्यसको माइन्युट बैठकमा नभएको स्रोतको भनाइ छ । 

शाक्य प्रधाकिरणबाट आज (मंगलबार) विदा भएर निस्केका छन् । 

यसैबीच, घिसिङले आज नै कार्यभार सम्हाल्ने तयारी भए पनि औपचारिक पत्र नपाएकाले कार्यभार सम्हाल्ने कार्यक्रम रोकिएको बताइएको छ । 

सम्भवतः घिसिङले भोलि (बुधबार) कार्यभार सम्हाल्नेछन् । 

दीप प्रज्वलन

घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशका दोस्रो पटक नियुक्त गरेको खुशीयालीमा माइतीघर मण्डलामा मंगलबार राति दीप प्रज्वलन गरिएको छ । 

यो पनि