असोज ०६, २०८१, आइतबार
               

अरुण तेस्रो आयोजनामा कार्यरत मजदुरको मृत्यु

नेपाल फ्ल्यास
साउन २४, २०७८

सांकेतिक तस्विर
ADVERTISEMENT

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको ड्यामसाइड कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत भोजपुर नगरपालिका–२ हेलौछाका खड्ग बहादुर गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले शनिबारबाट बेपत्ता भएका गुरुङ आइबार बिहान मकालु–३  नयाँबस्ती नजिकैको भिरमा मृत फेला परेको जानकारी दिए ।

गुरुङको हत्याको या मृत्यु हो भन्ने बारे एकिन भइनसकेको डिएसपी सुवेदीले बताए ।

घटनाको अनुसन्धानका लागि सदरमुकाम खाँदबारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल गएको छ ।

यो पनि