बैशाख २३, २०८१, आइतबार
               

मास्क नलगाई हिड्ने ३३७ जनालाई कारबाही

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारबाही गरिएको छ ।

यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा  सात हजार ७१४ सवारीसाधन धनीलाई बाटैमा रोकेर स्वास्थ्य मापदण्ड र ट्राफिक नियमबारे  जानकारी गराइएको ट्राफिक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार सो अवधिमा स्वास्थ्य मापदण्ड एवं ट्राफिक नियमसँग सम्बन्धित नौ हजार पर्चा र दुई हजार २०० मास्क वितरण गरिनाका साथै विभिन्न स्थानमा सचेतनामूलक फ्लेक्स प्रिन्ट पनि टाँसिएको थियो । मास्क नलगाई हिँड्नेहरूबाट जरिवानास्वरूप रू एक लाख ३७ हजारसङ्कलन गरिएको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि