असोज ०६, २०८१, आइतबार
               

ललितपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

वाग्मती गाउँपालिका-३ मास्खोलामा आज (शनिबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुई जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि पाटन अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा एक जनाको मृत्यु भएको हो ।  

महानगरीय प्रहरीवृत्त चापागाउँका अनुसार मृत्यु हुनेमा कलङ्की घर भएका ४८ वर्षीय निरज खनाल छन् ।

एउटै साधनमा दुवै व्यक्ति कान्ति लोकपथ भएर हेटौँडा जाने क्रममा बा ४५ प ४९०६ नं को मोटरसाइकल निरन्तर वर्षाले सडक बिग्रेका कारण २०० मिटर तल खसेको थियो । 

दुर्घटनामा घाइते भएका अर्का व्यक्ति धोबीघाट घर भएका ४७ वर्षीय निरञ्जनसिंह हमालको भने अहिले पाटनमै उपचार भइरहेको प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए ।

बिहान दुर्घटना भएको सूचना पाएर घटनास्थल पुग्दा दुवै व्यक्ति घाइते भएकाले पाटन ल्याएर उपचार गर्ने क्रममा खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि