असोज ०६, २०८१, आइतबार
               

ब्राउनसुगरसहित काठमाडौंबाट दुई जना पक्राउ

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रहरीले ब्राउनसुगरसहित काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं धारापाटीमा डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका–२ का २३ वर्षीय सुवास बराल र बाँके नैनापुर गाउँपालिका–२ का ३५ वर्षीय मोबिल जोलाहा रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । 

उनीहरूको साथबाट २० ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषध जोख्ने तराजु, मोबाइल तीन थान, नेपाली ८२ हजार रुपैयाँ र भारु ९ हजार नगद समेत बरामद गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि