काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरुमा मौसम परिवर्तन भइ केही स्थानमा वर्षा र चट्याङको सम्भावना रहेको छ ।
साथै, केही प्रदेशका उच्च तथा हिमाली क्षेत्रमा भारी वर्षासहित हावाहुरीको पनि सम्भावना रहेको बताइएको छ । त्यस्तै दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ को एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।