असोज ०६, २०८१, आइतबार
               

बाराबाट हराएकी बालिका तीन दिनपछि भण्डारामा टिपरमा फेला परिन्

नेपाल फ्ल्यास
साउन २२, २०७८

सांकेतिक तस्विर
ADVERTISEMENT

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ की १० वर्षीया बालिका तीन दिनपछि फेला परेकी छन् ।

साउन १९ गते दिउँसोबाट हराएकी बालिकालाई प्रहरीले चीतवनको भण्डारामा शुक्रबार फेला पारेको हो । 

साउन १८ गते भाइ नाता पर्ने गणेश विकसँग आएकी दोलखा माकापौवा ४ की निर्मला तामाङले उनलाई लिएर गएको सूचना प्रहरीले सोही दिन पाएको थियो ।

निर्मलाले सुजितालाई ललाई फकाई हेटौँडा तर्फ लगेको भन्ने व्यहोराको मौखिक जानकारी पाएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।

तत्काल प्रहरी कन्ट्रोल मार्फत मातहत र अन्य जिल्लाहरूमा हुलिया परिपत्र गरेको थियो । गणेश विकलाई भने तत्कालै नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको थियो ।

सोही दिन दिउँसो साढे १ बजे उनीहरूलाई हेटौँडामा देखेको बालिकाको छिमेकीले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले उक्त सूचनालाई सीसी क्यामरा मार्फत पुष्टि गरेको थियो । 

उनीहरूको खोजिका लागि तीन वटा प्रहरी टोली बनाई हेटौँडा, मुग्लिन र बीरगंज रक्सौलतर्फ पीडित परिवारलाई साथमै राखी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी दिपेन्द्र शाही पीडितको घरमा पुगेर स्थानीयहरूलाई साथमा लिएर मकवानपुरका विभिन्न स्थानहरूमा खोजी तथा निगरानीको लागि खटिएका थिए ।

शुक्रबार ९:३० बजे ट्रक चालक दिवाकर आले मगरले दुवै जनालाई टिकौलीको जंगलमा ना ८ ख ३७५८ नम्बरको टिपरमा चढेको देखेको बारा प्रहरीलाई खबर गरेका थिए । सोही सूचना अनुसार बारा प्रहरीले चितवन प्रहरीलाई खबर गरेको थियो । चितवन प्रहरीले उनीहरुलाई भण्डारामा नियन्त्रणमा लिएको हो । 

सुजिता विकलाई निर्मलाले घुम्न जाउँ भनि काठमाडौंतर्फ ल्याएको पाइएको एसपी शाहीले बताए ।

सुजितालाई आमा रमा बिकको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ । निर्मला तामाङ र गणेश विकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको एसपी शाहीले बताए ।


कस्तो लाग्यो ?

यो पनि