असोज ०६, २०८१, आइतबार
               

आजको मौसम : कतै सफा कतै भारी वर्षा

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहानैदेखि देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको धेरै स्थानमा बिहानैदेखि मौसम परिवर्त भइ हल्का घाम लागिरहेको छ ।

साथै, उपत्यका बाहिरका केही तराइ र केही पहाडी क्षेत्रमा पनि हल्का मौसम परिवर्तन भएको छ । बाँकी उच्च हिमाली भेगमा भने हावाहुरी र वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यसैगरी दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि