असोज ०६, २०८१, आइतबार
               

युएईमा नेपालीलाई प्रवेश खुला, पिसिआर रिपोर्ट अनिवार्य

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले भोलि (बिहीबार) देखि लागू हुने गरी प्रवेश खुला गरेको हो ।

आबुधावीस्थित नेपाली दूतावासका अनुसार युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

युएईको सरकारी निकायमा कार्यरत व्यक्ति, कार्यरत स्वास्थ्यकर्मी, विद्यालय तथा विश्वविद्यालयका शिक्षक, उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि