बैशाख २४, २०८१, सोमबार
               

हेलम्बु क्षेत्रमा भारी वर्षा

नेपाल फ्ल्यास
साउन १६, २०७८

फाइल फोटो
ADVERTISEMENT

सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा शनिबार राति भारी वर्षा भइरहेको छ । 

वर्षासँगै खोला तथा नदीहरूको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको छ । 

नदीमा एक्कासी बहाव बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

अघिल्लो महिना हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको थियो ।

आज (शनिबार) पनि ठूलो वर्षासँगै नदीमा पानीको बहाव बढेपछि स्थानीय त्रसित भएका छन् ।

यो पनि