बैशाख २४, २०८१, सोमबार
               

३४ सूत्रीय माग राख्दै देशभरका शिक्षक अनशनमा

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

काठमाडौं । विगत केही महिनादेखि ३४ सुत्रीय माग राख्दैँ आएको नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले शुक्रबार (आज) देशभर नै एक दिने अनशन शुरू गरेका छन् ।

आफ्ना माग पूरा गराउन चरणबद्ध रुपमा आन्दोलन गरिरहेको महासंघले आज माइतीघर मण्डलासहित देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्लामा अनसन शुरु गरेको महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

काठमाडौं । सहित ८ सय ३८ स्थानमा शिक्षकहरुले बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म अनशनमा बस्ने सुवेदीले बताए ।

आगामी शुक्रबार शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना कार्यक्रम र त्यसपछि प्रधानमन्त्री निवास अगाडि धर्ना कार्यक्रम रहेको उनले बताए ।

महासंघले यसरी गत वैशाख २० गतेदेखि चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

विगतका दिनहरुमा नेपाल सरकारले महासंघसँग गरेका सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल विकास शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिनुपर्ने लगायत विभिन्न मागहरु राख्दै  आएको छ ।


कस्तो लाग्यो ?

यो पनि