असोज ०६, २०८१, आइतबार
               

मैत्री दिवस मनाइँदै, कहिलेदेखि चल्यो यो चलन ?

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

रगतको नाताले हाम्रो परिवार बन्छ। तर मित्रता एउटा त्यस्तो वरदान हो, जो सबै किसिमको नाताभन्दा माथि हुन्छ । त्यसैले होला सुगम पोखरेलले गाएका छन्, सबैभन्दा माथि छ, मेरो एउटा साथी छ। 

साथी नै त्यस्तो व्यक्ति हो, जोसँग ह्रदयका सबै कुरा खुलेर भन्न सकिन्छ । साथी नै हो जसलाई आफ्नो भन्न सकिन्छ । साथी नै त्यस्तो व्यक्ति हो जो तपाईँको खुसीमा हाँस्छ, दुःखमा साथ दिन्छ । 

मित्रताको प्रतीकका रुपमा मनाइने मैत्री दिवसको सुरुवात सन् १९१९ मा नै भएको हो । औपचारिक रुपमा विश्व मैत्री दिवसको घोषणा सन् १९५८ मा भएको हो । दक्षिण अमेरिकी देशमा जुलाई ३० मा मैत्री दिवस मनाइन्छ । अरू देशमा भने अगस्ट महिनाको पहिलो आइतबार मैत्री दिवस मनाइन्छ । 

पछिल्लो केही बर्ष यता नेपालमा पनि साथीभाइसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाउने क्रम बढ्दै गएको छ । अहिलेको व्यस्त जीवनमा मानसिक तनाव र समस्याबाट छुटकारा पाउन मित्रतारुप औषधिले शान्ति प्रदान गर्दछ । यस कारण संसारमा सायदै यस्तो होला जसको कोही मित्र नहोस् र कहिले मित्रता नगरेको होस् यो दिवसको प्रमुख उद्देश्य भनेको पनि साथीहरूसँग सम्बन्ध मजबुद बनाउनु र मानसिक तनावबाट छुटकारा पाउनु हो ।

साथीको महत्त्व 

पारिवारिक सम्बन्ध बाहेक पनि हामीलाई हरपल साथ दिँदै हाम्रो हात समाएर र साथ निभाएर हरेक पाइला चाल्न उचित सहयोग र मार्गदर्शन गर्ने साथी हुन्छ । हरेक परिस्थितिमा हामीलाई साथ दिने व्यक्तिहरूलाई हामी साथी भनेर सम्बोधन गर्ने गएका छौँ । साथीको उपस्थितिले हाम्रो मनमा उमङ्ग र हर्ष भर्ने मात्र नभएर हामी भित्र ऊर्जा भरिदिन्छ । साथीबिनाको हाम्रो जीवन कल्पना गर्न योग्य नै हुँदैन । जीवनकालमा केही परिस्थिति, केही कारणले हामीसँग जोडिन पुग्ने हाम्रा साथीहरू कोही हाम्रो बोली, कोही व्यवहार, कोही मिल्दो सोच या कोही यतिकै प्रभावित भएका हुन्छन् । हामीभित्र गुम्सिएर बसेका कुरा सुनी दिने र सुझाव दिएर हाम्रो समस्या समाधान गर्न मद्दत गर्ने पनि साथी हुन्छन् । मनको साइनोले हामीसँग जोडिएका व्यक्ति हुन् साथी । साथीको बयानमा शब्द कम पर्छ । तर पनि हरेकको जीवनमा साथीको महत्त्वलाई यसरी समीक्षा गर्न सकिन्छ ।

मानसिक र शारीरिक रूपले मजबुत रहन

असल साथीसँग बिताइएको केही समयले पनि हामीमा बेग्लै फुर्ती भर्नुका साथै हामीलाई स्वास्थ्य रहन पनि मद्दत पुर्‍याउँछ । साथीहरू सँगै हुनाले रोग चाडो निको हुने एक अध्ययनले देखाएको छ । साथीभाइ नजिक हुँदा तनावबाट छुटकारा पाउन सकिन्छ । साथै असल निर्णय गर्न पनि एक असल साथीको साथले मद्दत पुग्छ ।

एकान्त कम गर्न

एकान्तमा हामी चाहिने भन्दा निकै सोचेर आफैलाई हानी पुर्‍याइराखेका हुन्छौँ । यस्तो समयमा हामीलाई बुझ्ने र सो अनुरूप सुझाव दिने व्यक्तिहरू आवश्यक पर्छ । केही आफ्ना समस्याहरू परिवारभन्दा पनि साथीभाइलाई बताउन सहज हुन्छ । त्यस्तो समयमा साथीको कमिले हामीलाई झन् पिरोल्छ । त्यसैले साथीले एकान्त हटाउन पनि मद्दत गर्छन् ।

जीवनलाई रमाइलो बनाउन

साथीले हाम्रो जीवनमा खुसीको अनेकौँ रङ्ग भरिदिन्छन् । साथीको उपस्थितिले परिवारको कमी महसुस हुन दिँदैन त्यसैले परिवारबाट टाढा बस्ने व्यक्तिहरू प्राय साथीको निकट बस्न रुचाउँछन् । साथीले माया, साथ, केयर गर्ने साथै निर्णय लिन मद्दत गरेर अघि बढ्न मद्दत गर्ने हुनाले सधैँ आफू वरपर असल साथीहरूलाई राख्नुपर्छ ।


कस्तो लाग्यो ?

यो पनि