असोज ०६, २०८१, आइतबार
               

पूर्वमाओवादी नेताहरूको मुद्दा संसद् विघटन बदर गर्ने न्यायाधीशको इजलासमा

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

पूर्व माओवादी नेताहरूले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सांसदका रूपमा कायम रहन मागवादीसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ । डा भट्टराई यसअघि संसद् विघटनको मुद्दामा सुनुवाइ गर्ने संवैधानिक इजलासमा पनि थिए । सो इजालसले विघटन बदर गरेको थियो ।

पूर्व माओवादी नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिट निवेदन शुक्रवार न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको हो ।

उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । यी चार नेतालाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले पार्टी सदस्यताबाटै बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी कारबाही गरेको थियो ।

आफूहरू एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारबाही गरेको भन्दै उनीहरूले बुधवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि