असोज ०६, २०८१, आइतबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज काठमाडौंलगायत अन्य केही जिल्लामा मौसम हल्का परिवर्तन भएको छ ।

उपत्यकाका धेरै स्थानमा बिहानैदेखि मौसम सफा देखिएको छ भने केही स्थानमा बदली भइरहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,  बाग्मती प्रदेश , लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि