असोज ०६, २०८१, आइतबार
               

महिला तथा बालबालिकामाथि हुने हिंसा राेक्न सरकार गम्भीर : गृहमन्त्री खाँड

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

गृहमन्त्री बालकृष्ण खाँडले महिला तथा बालबालिका माथी भएरहेकाे हिंसा राेक्न सरकार  अत्यन्तै संवेदनशिल र गम्भीर रहेकाे बताएका छन् ।

उनलेे सरकारकाे प्राथमिकता नागरिकको जीवन रक्षा रहेको भन्दै  खुल्ला रुपमा निर्वाद ढङ्गले जनताले बाच्न पाउने सुरक्षा अनुभूति हुने  सुरक्षा राज्यले प्रदान गर्ने  बताए । बुधबार गृहमन्त्रालयमा अन्तरपार्टी महिला  सञ्जालससँग गृहमन्त्री खाँडले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

महिला तथा बालबालिकामाथि बढिरहेको हिंसाप्रति गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण गराउन महिला सञ्जाल गृहमन्त्रालय पुगेको थियो  । महिला हिंसाको घटना बढेको र निश्पक्ष रुपमा छानबिन गरि सत्य तथ्यको आधार अपराधीहरूलाई हदै सम्मको सजाय र पिडितहरुलाई न्याय दिलाउन साथै उचित क्षतिपुर्तीको व्यवस्थाको लागि संजालकी अध्यक्ष कल्याणी रिजालले माग गरेकी छन् ।

पछिल्लो समय नेपालमा महिला तथा बालबालिकासम्बन्धी अपराधका घटनामा वृद्धि भएकाे नेपाल प्रहरीकाे तथ्यांकले देखाउछ । आर्थिक वर्ष २०७७/०७८ मा ६१ वटा बाेक्सी आराेपका घटना भएका छन्। जबकि, त्यसअघि आर्थिक वर्ष २०७६/०७७ मा ३४ वटा र आर्थिक वर्ष २०७५/०७६ मा ४६ वटा बाेक्सी आराेपका घटना भएका थिए। त्यस्तै बलात्कारका घटना पनि बढकाे छ । आर्थिक वर्ष २०७६/०७७ मा २१४४ बलात्कार घटना भएकाेमा गत आर्थिक वर्षमा २५३४ घटना  घटेकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि