बैशाख १४, २०८१, शुक्रबार
               

कर्णाली प्रदेशसभामा ५१ वटा  विधेयक दर्ता

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

कर्णाली प्रदेश सरकारले कर्णाली  प्रदेशसभामा ५१ वटा  विधेयक दर्ता भएको मन्त्री नेपालीले जानकारी दिए । मन्त्री नेपालीका अनुसार  ३६ वटा विधेयक  प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन् ।

६ वटा विधेयक सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाएको तथा सातवटा विधेयक प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी रहेका छन् । ९१३ वटा विभिन्न ऐन, नियम र कार्यविधिहरु सैद्धान्तिक सहमति र राय प्रदान गरी अनुमोदनपछि राजपत्रमा प्रकाशन गरिएको छ । 

साथै सरकारले  कोभिड–१९ नियन्त्रण प्रतिकार्यका लागि संयन्त्र, पूर्वाधार एवं बजेट व्यवस्था (कोभिड कोष) को व्यवस्था गरेको छ । त्यस्तै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि प्रोत्साहन तथा चार हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले उच्च प्राथमिकताका साथ कोभिड–१९ प्रतिकार्य व्यवस्थापन गरेको जनाइएको छ । उक्त कार्यक्रमबाट आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट, एम्बुलेन्स, होल्डिङ सेन्टर एवं रणनीतिक अस्पताल निर्माणलगायत स्वास्थ्य पूर्वाधार विकासमा टेवा पुगेको छ । स्वास्थ्यका लागि जनशक्तिको करार सेवामा व्यवस्थापन गरेर महामारीको अवस्थामा समेत नियमित स्वास्थ्य सेवालाई पुनः सञ्चालन गरिएको मन्त्री नेपालीले जानकारी दिए ।

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, अक्सिजन पाइपलाइन विस्तार, टेलिमेडिसिन सेवा पुनः सञ्चालन, विशेषज्ञ, चिकित्सकलगायत स्वास्थ्यकर्मीको करार व्यवस्था गरिएको उनको भनाइ छ । प्रदेश सरकारले फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका लागि मूलप्रवाहीकरण नीतिको मस्यौदा तयारी सुरु गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि