असोज ०६, २०८१, आइतबार
               

आजको मौसम : यी क्षेत्रमा हुन्छ भारी वर्षा

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा पहिलेको तुलनामा मौसम हल्का परिवर्तन भइ केही स्थानमा बदली र केही स्थानमा आकाश खुल्ला देखिएको छ ।

साथै, अन्य बाहीरका जिल्लाहरुमा पनि मौसम केही परिवर्तन भएको छ । केही तराइका जिल्लामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च तथा हिमाली क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि